आज सत्ता गठबन्धनको बैठक बस्दै, आगामी निर्वाचनबारे छलफल गर्ने

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ। आगामी निर्वाचनबारे छलफल गर्न बैठक केहीबेरपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ।

गठबन्धनको बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए। त्यसमा अन्य दलका नेताहरू सहमत भएपनि एकपटक आफ्नो पार्टीभित्र छलफल गरेर निर्णय लिने बताएका थिए।

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ। सम्भवतस् आज बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ।