टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाई गरियो

काठमाडौं । टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमविच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामना सहित बिदाई गरेको छ । संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे ।

यस्तै, श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीलगायतले खादा, अविरसहित उज्वल भविष्यको लागि शुभकामना सहित बिदाई गरे ।

राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्यन गर्नका लागि अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।