बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

सुर्खेत । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला दुई सयले बढ्दै ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघे जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघे जनाएको छ । ।