आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । आज बिहान ९ बजेका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।

आज बस्न लागेको बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, संगठन सुदृढीकरण अभियान, जनप्रतिनिधिको भेलालगायतका विषयमा छलफल हुने छ । त्यस्तै सभापति देउवा पार्टीमा आफूखुसी अघि बढेको भन्दै नेता शेखर कोइरालाले आफू निकटको बैठक पनि बोलाएका छन् । बैठक आज दिउँसो बस्ने छ ।