सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन– गगन थापा

काठमाडौं ।सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरेका छन् ।

स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको उनले बताए । नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने महामन्त्री थापाको भनाई छ । उनले सरकारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।