सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

  ।   २ भाद्र २०७९, बिहीबार ०७:२१

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ ।

चुनाव आगामी मंसिर ४ गते तय भएको छ । कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।

Next Post

माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने तयारी

२ भाद्र २०७९, बिहीबार ०७:२१
काठमाडौं ।पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । माओवादी बैठक बुधबार पनि […]