नवौं राष्ट्रिय खेलकुदमा कर्णालीबाट ६ सय भन्दा बढि खेलाडी सहभागि हुने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गते देखि कार्तिक ३ गतेसमम हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट ६ सय भन्दा बढि खेलाडी सहभागि हुने भएका छन् । प्रतियोगितमा कर्णालीले पहिलोपटक ‘रक वि’ खेलमा समेत सहभागिता जनाउने भएको हो ।

कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार यसपटक हुने खेलकुद प्रतियोगितामा कर्णालीबाट २९ खेलमा खेलाडीहरुले भाग लिने भएका छन् ।अबको केहि दिनमा नै छनौट भएका खेलाडीहरुको नामावली सार्वजनिक गरिने छ । कर्णालीबाट भलिबल, फुटबल तथा एथ्लेटिक्समा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, मार्शल आर्ट तर्फ बक्सिङ, जुडो, कराते, उसु तथा तेक्वान्दो लगायतमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।