स्थानीयतहको निर्वाचनमा बैतडीका ५ पत्रकार चुनावी मैदानमा

बैतडी। ३० वैशाखमा हुन लागेको स्थानीयतहको निर्वाचनमा बैतडीका ५ पत्रकार चुनावी मैदानमा छन् ।पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न.९मा वडा सदस्यका उम्मेदवार बनेका छन् । भाट नेकपा माओवादीं केन्द्रबाट उम्मेदवार बनेका हुन् ।त्यस्तै उज्यालो अनलाइनका सम्वाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा न.८मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् । २२ वर्षका उनी चुनावी मैदानमा होमिएका हुन् ।

प्रेस युनियन बैतडीका कोषाध्यक्ष धन बहादुर क्षेत्री(जगदीश) दशरथचन्द नगरपालिका वडा न.३मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । क्षेत्री नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बनेका हुन् । यसअघि उनका बुवा दाम बहादुर क्षेत्रीले वडाअध्यक्षमा चुनाव जितेका थिए । दशरथचन्द नगरपालिका कै वडा न.९ ग्वाल्लेकमा पत्रकार चन्द्रमुस्कान जोशीले उम्मेदवार दिएका छन् । रेडियो शनसेर बैतडीमा कार्यरत जोशीले नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

यसैगरी नेकपा -एकिकृत समाजवादी-कै तर्फबाट मेलौली नगरपालिका वडा न।२मा पत्रकार सेर बहादुर चन्द वडा अध्यक्षका उम्मेदवार बनेका छन् । चन्द प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । यसअघि समेत बैतडीका ३ जना पत्रकार जनप्रतिनिधि बनेका थिए ।