नवाैं राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी असोज ११ गते सुर्खेत ल्याईने

सुर्खेत । नवौं राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी असोज ११ गते सुर्खेतमा प्रर्दशनीको लागि ल्याइने भएको छ । खेलकुद विकास समिति कर्णाली प्रदेशका सदस्य  सचिव विश्वामित्र स‌ज्यालका अनुसार सेमी कभर्ड हल सुर्खेत रंगशालामा उक्त दिन ट्रफीको प्रर्दशनी गरिनेछ ।

असोज २८ देखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने प्रतियोगिताको उक्त ट्रफी सातै प्रदेशमा लिईनेछ ।

साथै राष्ट्रिय खेलकुद परिषदले नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक विष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल समेत गठन गरेको हो ।

उक्त ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेपछि सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम सहित प्रदर्शनी गरिने बताइएको छ ।