निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कन लागेपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं। आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् ।जबरासर्वोच्च फर्कने तयारी गरेपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।जबराविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै जबराले सर्वोच्च फर्किने तयारी गरेका हुन् ।

अदालत परिसरमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको छ ।जबरा सर्वोच्च फर्कने तयारी भएपछि उनको निलम्बन फुकुवा नभएको भन्दै वकिल र सर्वोच्चका केही न्यायाधीश गेटमै छेक्ने तयारी गरिरहेका छन् ।