संघीयताका कारण अन्तर–प्रदेशबीचमा प्रतिस्पर्धाको वातावरणसमेत बनेको छ –वर्षमान पुन

काठमाडौं ,।संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँ–नयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीव्रता लिएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बताएका छन्। संघीयताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासलाई प्रदेश र स्थानीय पालिकासम्म विस्तार गरेको पुनले जिकिर गरेका छन् ।

पुनले संघीयताका कारण अन्तर–प्रदेशबीचमा प्रतिस्पर्धाको वातावरणसमेत बनेको उल्लेख गरेका छन्। उनले संघीयताको पहिलो पाँच वर्षको अभ्यास विकास पूर्वाधारलाई क्षेत्रीय स्तरमा पुर्‍याउन प्रभावकारी देखिएको बताउका छन् ।