नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ ट्रफ्रीको मुख्यमन्त्री शाहीद्वारा अनावरण (फोटो फिचर)

  ।   ११ आश्विन २०७९, मंगलवार २२:२८

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफ्री कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दीपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागीय टिममा ट्रफ्रीलाई टुरको रुपमा लिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडीको हितका लागि सबै भन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताए । शाहीले ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौं मा यसको सपना देख्न आग्रह गरे । नवौंमा खेलमार्फत नै कर्णालीलाई चिनाउन उनको आग्रह थियो ।

पहिलोपटक ट्रफी टुरको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका थिए ।

Next Post

हेर्नुहोस् आजको राशिफल

११ आश्विन २०७९, मंगलवार २२:२८
काठमाडौं। आजको पात्रो :१२ असोज २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको २८ तारिक २०२२ । आश्विनशुक्ल तृतीया, आज दुर्गा पक्षको तेस्रो दिन देवी चन्द्रघण्टाको पूजा आरधना गर्ने दिन हो । मेष मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । […]