सिट वाँडफाँटका लागि गठबन्धन बैठक आज पनि जारी

  ।   २० आश्विन २०७९, बिहीबार १२:४४

काठमाडौं।  नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन ।

औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यी असन्तुष्टीका  बिचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो ।

Next Post

यस वर्षको रसायशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने

२० आश्विन २०७९, बिहीबार १२:४४
सुर्खेत। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइनेभएको नोबेल समितिले जनाएको छ। तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड […]