घनश्याम भुसाल र भीम रावललाई गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह

काठमाडौं, २२ असोज । नेकपा एमालेले टिकट नदिएपछि नेता घनश्याम भुसाल र भीम रावललाई गठबन्धनको तर्फबाट निर्वाचन लड्न सत्ता गठबन्धनले आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् ।

रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुर्नस्थापना नहुने देखेर एमाले छाड्ने निष्कर्षमा पुगेको बताएका छन् । एमाले छाडेको घोषणासँगै उनले राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने पनि गरेका छन् ।