नेपालमा पुँजी लगानीकालागि पहल गर्न एनआरएनएलाइ प्रधानमन्त्रीको आग्रह


काठमाडौं । नेपालमा पुँजी लगानी गरी देशको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई  ।प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रर्वद्धनमा सहयोग पुर्याउन आवश्यक रहेको उनले बताएका छन् । प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।