चुनावपछि पनि गठबन्धन कायम रहनेछ –जीवनराम श्रेष्ठ

काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताएका छन् । उनले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरेका छन् ।

मन्त्री श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरु मिलेर वाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको जानकारी दिँदै संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको प्रष्ट पारेका छन् ।