आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो अमेरिकी डलरको भाउ ?

  ।   ६ कार्तिक २०७९, आईतवार ०९:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८२ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९२ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ७८ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा र कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

Next Post

देशभर गठबन्धनको प्रशिक्षण एवं भेला तीव्र, आज धनगढी र सुर्खेतमा भेला गर्दै

६ कार्तिक २०७९, आईतवार ०९:२२
सुर्खेत। मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ । काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ । धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथासुर्खेतमा हुने भेलाको समन्वय […]