वीरेन्द्रनगरका पेट्रोल पम्पमा सवारी साधनको थेगी नसक्नु भिड (फोटो फिचर)

सुर्खेत । सुर्खेतमा आइतबारदेखि पेट्रोलियम पदार्थमा देखिएको अभावले पेट्रोल पम्पमा थेगी नसक्नु भिड लागेको छ ।

इन्डियन आयल कर्पोरेसनले एक्जीम कोड नभएको भन्दै तेल बोकेका ट्याङकरलाई नेपाल-भारत सिमा रुपैडिया रोकि दिएपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो ।

यद्यपी सोमवार दिउँसो भने सुर्खेतका लागि २० हजार लिटर पेट्रोल आइपुगेको छ । नेपाल आयल निगमका वीरेन्द्रनगरस्थित आधिकारिक विक्रेता शंखर आयल, गंगामालामा, नारायण, दिपमाला र बुलबुले आयोल स्टोरमा तेल आइपुगको हो । पट्रोल आएपछि सवारी साधनको बाक्लो भिड लागेको छ ।