बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’

काठमाडौं । अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय संगीतकार एबम् गीतकार बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ । ​

देश प्रेम र बिदेशी जीवनको भोगाइलाई समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ । सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाई अमेरिका छायांकन गरिएको हो जसलाई बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् ।

बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफि र पदम तिमल्सिनाको सम्पादन रहेको ‘भन्छौ रे देश’ को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।