सुर्खेतमा भलिबल प्रतियोगिता हुँदै 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चुली युवा क्लब सुर्खेतको आयोजनामा दोस्रो चुली कप हुने भएको हो ।

उक्त प्रतियोगिता यही फाल्गुन १५ देखि १९ गते सम्म सञ्चालन हुने भएको आयोजकले जानकारी दिएका छन् । जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा उक्त प्रतियोगिता हुने जनाइएको छ ।

जसअन्तर्गत पुरुष भलिबल प्रतियोगिताको विजेताले २ लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, महिला तर्फ प्रथम विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार, उपविजेताले ८० हजार, तेस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वनालाई ३० हजार रुपैयाँ नगर पाउने छन् ।