रारा बहुमुखी क्याम्पसमा नेवि संघका राज तामाङ्ग

सुर्खेत । मुगुमा रहेको रारा बुहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका राज तामाङ्ग निर्वाचित भएका छन्। आइबार भएको निर्वाचनमा उनले एक सय १७ मत प्राप्त गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्ष्मा निर्वाचित भएका हुन्।

तामाङ्ग अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार अनेरास्ववियुकी बैदेबी बुढालाई पराजित गरेका हुन्। बुढाले ७२ मत प्राप्त गरेकि छन्। कोषध्यक्षमा अनेरास्ववियुकी बस्नती रोकाय निर्वाचित भएकी छन्। उनले ९८ मत प्राप्त गरेकी छन्।

यस्तै, रोकायले नेवि संघबाट कोषाध्यक्षको उम्मेदवार रक्षा महतराले ९० मत प्राप्त गरेकि छन्। रारा बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस अन्तरर्गत पर्दछ। यस क्याम्पसमा जम्मा मतादाता संख्या २६० मा २०७ मत खसेको थियो।