कर्णाली प्रदेश सभामा दुई विधेयक पेश

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालकै पहिलोपटक विधेयक टेबुल गरेको छ । लामो समय विजनेस विहीन बनाएको आलोचना खेपिरहेको प्रदेश सरकारले तीन महिनापछि विधेयक टेबुल गरेको हो ।

प्रदेश सभाको आइतबार बसेको दशौँ बैठकमा यस अघि सचिवालयमा दर्ता भएका कर्णाली प्रदेश प्रशिक्षण ९स्थापना र सञ्चालन० सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको हो ।

प्रशिक्षण विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र खेलकुद विकास विधेयक सामाजिक विकास मन्त्री टेकराज पछाईले विधेयक पेश गरे । विधेयक टेबुल भएसंगै प्रदेशसभाको आगामी बैठक चैत २२ गते मंगलबार दिउसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।