कर्णालीको आफ्नै खेल पोशाक

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीका खेलाडीको लागि खेल पोशाक तयार पारेको छ । कर्णालीको पहिचान झल्काउने गरेर खेल पोशाक तयार पारेको हो । बुधवार उक्त खेल पोशाक दर्ता प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।
सदस्य सचिव घिसिङले खेल पोशाकको महत्व धेरै भएकाले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्काने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पु¥याउन सहयोग गर्ने बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक छुट्टै बनाएको जनाकारी दिएका छन् । कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै कर्णालीका खेलाडीहरुले अन्तर प्रदेश प्रतियोगितामा उक्त खेल पोशाक लगाउन मिल्ने सदस्य सचिव संज्यालको भनाइ छ ।

कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर १ देखि ९ गते सम्म हुने यसअघि घोषणा भइसकेको छ । राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै कर्णालीमा प्रदेश रंगशाला सहित अन्य जिल्लाहरुमा भौतिक पूर्वाधार निर्माण गरिरहेको छ ।