आज नेपालले अन्तिम खेल स्कटल्याण्डसँँग खेल्दै

सुर्खेत । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँँग खेल्दैछ ।सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

   

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।