सुर्खेतमा एमालेका महासचिव पोखरेल, नेपालको राजनीति दुईवटा बाटोमा रहेको दाबी

सुर्खेत । नेपालको राजनीति दुईवटा बाटोमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाबी गरेका छन् । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्धारा आयोजित कार्यक्रममा नेपालको राजनीति दुईवटा बाटोमा रहेको बताएका हुन् ।

महासचिव पोखरेलले नेपालको राजनीति दुईवटा बाटोमा भनेको एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो भएको बताए । उनले त्यसमा जनताको बहुदलिय जनवादको बाटो नै उपयुक्त हुने जिकिर गरेका छन् । उनले प्रचण्ड–माधव देउवाकै बाटोमा रहेको दाबी समेत गरे ।

महासचिव पोखरेलले देउवाको बाटोमा हिँडेर प्रचण्ड माधव नेपालले गद्दारी गरिरहेको बताए । एमालेको नेतृत्व माथि आक्रमण भइरहेको र केपी शर्मा ओलीले विघटन गरेको संसदको उनले बचाउ समेत गरेका छन् ।