काठमाडौं । आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव गर वा मरको अवस्था अवस्थामा हुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भनाई छ । नेता कोइरालाले नेपाली कांग्रेस वीरगंज नगर कमिटीद्वारा नगर सभागृहमा आयोजित पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै विपी कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्नुहुँदैन भनेको तर अहिले कांग्रेसले बाध्यात्मक अवस्थाको कारण नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको उल्लेख गरेका थिए ।
कांग्रेसमा आन्तरिक एकता गरेर चुनाव लडिएन भने पार्टीको लागि निकै नै दुर्भाग्यपूर्ण हुने नेता कोइरालाले चेतावनी समेत दिएका छन्। ओली प्रधानमन्त्री हुँदा सम्पति शुद्धीकरण विभागसहित तीनवटा निकाय आफू मातहतमा राख्दा विरोध भएको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि ओलीपथमा हिँडेको नेता कोइरालाले आरोप लगाएका छन्।
ए.के. सञ्चार । १० श्रावण २०७९, मंगलवार ०६:५७