काठमाडौं। विश्व बिख्यात अमेरिकी सञ्चारमाध्यम एवं पत्रिका न्यूयोर्क टाइम्सले दक्षिण एसियाकै स्वभिमानमाथि आँच आउने किसिमले एक विज्ञापन प्रकाशन गरेको छ । विश्वकै एक नम्बर पत्रिका मानिने न्यूयोर्क टाइम्सले भारतको नयाँ दिल्लीमा आधारित रहेर दक्षिण एसियाका लागि आर्थिक संवाददाता मागेको छ ।
तर संवाददाता माग गरेको उक्त विज्ञापनमा हिन्दू धर्म र दक्षिण एसियालाई हेर्ने न्यूयोर्क टाइम्सको विवादास्पद दृष्टिकोण झल्किएको छ। विज्ञापनमा आपराधिक पृष्ठभूमि भएको व्यक्तिलाईसमेत स्वीकार्य गरिने कुरा उल्लेख गरिएको छ । ती संवाददाताले पाकिस्तान, बंग्लादेश, नेपाल, श्रीलंका, भुटान र माल्दिभ्सका लागि समाचार तयार पार्नेछन् ।
अपराधिक पृष्ठभूमि भएकालाई पनि समेट्ने कुरा
विज्ञापनमा उल्लेख गरिएको अर्को विवादास्पद कुरा हिन्दू धर्ममाथिको कुदृष्टि रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत हिन्दू बाहुल्यतामा आत्मनिर्भर बनिरहेको भन्दै हिन्दू धर्मको बाहुल्यतामाथि विज्ञापनले एक किसिमले खेद प्रकट गरेको छ ।
हिन्दू धर्मको बाहुल्यता हुँदा अन्य बहुसांस्कृतिक लक्षहरुलाई बाधा पर्ने कुरा
हिन्दू धर्मको बाहुल्यता हुँदा अन्य बहुसांस्कृतिक लक्षहरुलाई बाधा पर्ने कुरा विज्ञापनमा उल्लेख छ । यसले किश्चियन बाहुल्यता भएको मुलुकमा बौद्ध र हिन्दु धर्मका लक्ष्यहरुलाई पनि बाधा पर्ने हो रु भन्ने प्रश्न समेत उब्जाएको छ ।
दक्षिण एसियाका लागि हिन्दू धर्मको विरोधी र अपराधिक पृष्ठभूमि भए पनि हुने संवाददाताको खोजी गर्नुले विश्कै प्रमुख सञ्चार माध्यममा पक्षपात, पक्षधर र पक्षपोषकको भाव झल्किएको छ ।यद्यपि विज्ञापनमा व्यापारलाई फाइदा हुने किसिमले विविधता समेट्नमा प्रतिवद्ध भएको कुरा उल्लेख गरिएको छ । तर पनि संवाददाताकै खोजीमा देखिएको पूर्वाग्रहले समाचारमा कुन हदसम्मको पूर्वाग्रह अथवा पक्षपात हुनसक्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ।
न्यूयोर्क टाइम्सको यो विज्ञापनलाई लिएर थुप्रै भारतीय अधिकारीहरु र दक्षिण एसियाली मामिलाका जानकारहरुले चर्को आलोचना गरिरहेका छन् । विज्ञापनको बिषयमा भारत सरकारका सल्लाहकार कञ्चन गुप्ताले, ‘न्यूयोर्क टाइम्सले मोदीविरोधी र भारतका छिमेकीहरुमा भारतविरोधी भावना फैलाउने कार्यकर्ता खोजेको’, भन्दै आलोचना गरेका छन् ।
यस्तै भारतीय फिल्म निर्देशक विवेक अग्निहोत्रीले, ‘न्यूयोर्क टाइम्सले मोदी, बिजेपी, आरएसएस र हिन्दू धर्मलाई घृणा गर्ने व्याक्ति खोजेको’, भन्दै आलोचना गरेका छन् । ‘भारतले चीनको जनसंख्यालाई चाँडै पछि पार्दैछ, यदि यसअघि नै पछि पारिसकेको छैन भने र विश्वमञ्चमा एक ठूलो शक्ति पाउने महत्वाकांक्षा राखेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले एसियामा चीनको आर्थिक र राजनैतिक क्षेत्रलाई प्रतिस्पर्धा गर्न उत्प्रेरित गरेको छ’, भारतको विषयमा विज्ञापनमा उल्लेख छ ।
एक किसिमले चीनको पक्षधरताको संकेत गर्ने यो विज्ञापनले चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख पत्रिका चाइना डेलीले विभिन्न अमेरिकी सञ्चारमाध्यमलाई लाखौं डलर दिएको विषयलाई प्रष्फुटन गर्ने समय देखिन्छ ।
चाइना डेलीले अमेरिकाको न्याय विभागमा पेश गरेको एक रिपोर्टमा उल्लेख भए अनुसार, चाइना डेलीले वाल स्ट्रेट जर्नललाई ६० लाख अमेरिकी डलर, वाशिंगटन पोष्टलाई ४६ लाख अमेरिकी डलर, फरेन पोलिसीलाई २ लाख ४० हजार अमेरिकी डलर, न्यूयोर्क टाइम्सलाई ५० हजार अमेरिकी डलर, डेस मोइन्स रजिस्टर भन्ने पत्रिकालाई ३४ हजार ६ सय डलर, सीक्यु रोलकल पत्रिकालाई ७६ हजार अमेरिकी डलर दिएको थियो ।
चाइना डेलीले ४ वर्षको अवधिमा विभिन्न अमेरिकी सञ्चारमाध्यममा प्रकाशन र विज्ञापनका लागि करिब १ करोड ९० लाख अमेरिकी डलर खर्च गरेको उक्त रिपोर्टमा उल्लेख छ । खासगरी दक्षिण एसियामा भारतको उदाउँदो नयाँपनविरुद्ध यसरी पूर्वाग्रह तरिकाले संवाददाताको खोजी गर्नुलाई भारतमा ठूलो आलोचनाको विषय बनाएर हेरिएको छ ।
भारत मात्रै नभइ दक्षिण एसियासमेत हेर्नुपर्ने ती संवाददाताको विषय आपराधिक पृष्ठभूमि र धार्मिक मामिलासँग जोडिँदा दक्षिण एसियालाई हेर्ने न्यूयोर्क टाइम्सको दृष्टिकोण कुन तहको छ भन्ने कुरा छर्लंग पारेको छ । – hamrakura.com
ए.के. सञ्चार । २० असार २०७८, आईतवार १४:०३