सुर्खेत। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४–० ले पराजित गर्यो । इतिहाद रंगशालामा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।यससँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । बर्नेमाउथको यो पहिलो हार हो ।
यस्तै,लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हरायो । आर्सनलको जितमा गाब्रियल जिससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले सान्त्वना गोल गरे ।
जितसँगै आर्सनलले २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । लेस्टरले एक अंक जोडेको छ । यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २(२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।
ए.के. सञ्चार । २९ श्रावण २०७९, आईतवार ०७:२१