माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने छ ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।