कालिकोटले खेल क्षेत्रको आफ्नो विराशतलाई दश बर्ष पछि फर्कायाे

कालिकोट । जिल्ला खेलकुद विकास समिति कालिकोटले खेल क्षेत्रको आफ्नो विराशतलाई दश बर्ष पछि फर्काएकाे जिल्ला परिसद्का सदस्य सचिव मिश्वमित्र संञ्यालले बताए ।

छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि तत्कालिन मध्यपश्चिम क्षेत्रीय भलिवल टिम छनौट प्रतियोगिता आयोजना गरेको कालिकोट जिल्ला खेलकुद विकास समितिले त्यो भन्दा पछि कुनै पनि तत्कालिन क्षेत्रीय र प्रदेश स्तरका प्रतियोगिता आयोजना गरेको थिएन ।

तत्कालिन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खेम बहादुर सिंहको कार्यकालमा छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्षेत्रीय स्तरको भलिवल टिम छनौट २०६८ मा आयोजना गरेको जिल्ला खेलकुद विकास समिति कालिकोटले दश बर्ष पछि अहिलेका अध्यक्ष गणेश बहादुर शाही ‘विद्रोही’को कार्याकालमा नौं राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश स्तरीय टिम छनौट प्रतियोगिता भएको हो ।

कालिकाटका नौं वटै स्थानीय सरकार, उद्योग बार्णिज्य संघ र होटल व्यवसायी संघको सहयोगमा अहिलेको प्रयोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेश बहादर शाही ‘विद्रोही’ले बताए  ।

कालिकोट जिल्ला खेलकुद विकास समितिको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले आयोजकको रुपमा विश्वास गरेकोमा उनले परिषदलाई धन्यवाद दिए । ‘हामि प्रदेश स्तरीय प्रतियोगिताको आयोजक हुन नपाएको करिब दश बर्ष पुगेको थियो यो पटक पनि आर्थिक अभाबका कारण खेल प्रतियोगिता गराउन सक्छौ या सक्दैनौ भन्ने दोधारमै थियौ, ‘अध्यक्ष शााहीले भने,’ ‘तर कालिकोटका नौ वटै स्थानीय पालिका सरकार, उद्योग बार्णिज्य संघ र होटल व्यावसायी संघको ठुलो सहयोगमा यो अबसर पायौ,।’

कालिकोटका स्थानीय सरकारबाट अरुले केहि सिक्न जरुरी छ – सदस्य सचिव संज्याल

नौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय टिम छनौट भइरहेका बेला कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालाले कालिकोटका नौं वटै स्थानीय पालिका सरकारबाट कर्णाली प्रदेशका अन्य स्थानीय सरकारले खेल क्षेत्रमा गरेको सहयोग बारे सिक्न जरुरी भएको बताएका छन् ।

मंगलवार कालिकोट जिल्ला खेलकुद विकास समितिले नौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश स्तरीय भलिवल टिम छनौट प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव संज्यालले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीमा खेलकुदको विकासका लागि ५ ‘प’ को सिद्धान्त अनुसार  गाउँ गाउँमा खेल पु¥याउने लक्ष्य राखेको भन्दै उनले त्यसको लागि परिषदले  प्रतियोगित, प्रशिक्षण, प्रोस्साहन, पुरस्कार,र पूर्वाधार परिषदको मुख्य लक्ष्य रहेको बताए ।

‘धेरैले कालिकोटको सदस्य सचिव भएर नै कालिकोटमा भलिवल छनौट प्रतियोगिता राखेको सोचे होलान् ,‘सदस्य सचिव संज्यालले भने,’ ‘कालिकोटको जस्तो स्थानीय पालिका सरकार,उद्योग बार्णिज्य संघ र होटेल व्यवसायी संघले जसरी सहयोग गरेका छन् त्यसरी कर्णालीको कुनै पनि जिल्लामा सहयोग पाएको खण्डमा हामि प्रतियोगिता गराउन तयार छौ,।’

प्रदेशका अन्य स्थानीय पालिका स्तरका सरकारले खेलकुदलाई गाउँ गाउँमा पु¥याउनको लागि कालिकोटको यो प्रतियोगिताबाट सिकाइ भएको उनले उल्लेख गरे ।