काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् ।
अध्यक्ष नेपालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने जिकिर गरेका छन् ।
ए.के. सञ्चार । ८ आश्विन २०७९, शनिबार ११:५५