रुपन्देही । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र खड्का छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदै छ ।
ए.के. सञ्चार । २३ आश्विन २०७९, आईतवार १५:००