नवौं खेलकुद : स्क्वासमा गण्डकी प्रदेशका अमृतलाई स्वर्ण

काठमाडौं ।  गण्डकी प्रदेशका अमृत थापामगरले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्क्वासमा पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । सोमबार भएको फाइनल खेलमा बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा हराउँदै स्वर्ण जितेका हुन् ।

अमृतको यो ह्याट्रिक हो । उनले सातौँ, आठौँमा समेत स्वर्ण पदक जितेका थिए ।पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे ।  भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।