सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जबर्जस्ती चलेको आरोप लगाएका छन्। बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस सरकारप्रति आफ्नो सुरुदेखिको शंका सही सावित भएको बताएका हुन् ।

oplus_0
उनका अनुसार सरकारले अध्यादेशमार्फत शासन चलाउन खोज्नु, संवैधानिक र लोकतान्त्रिक मान्यतालाई मिच्नु, र प्रक्रियागत ढंगमा संसद्मा प्रवेश गरिसकेको विधेयकलाई फिर्ता नलिई मनोमानी ढंगले अघि बढाउनुले सरकार असफल भएको स्पष्ट पारेका छन् ।

प्रचण्डले भने, “अहिले सरकारले जनताको हितभन्दा बढी आफ्ना मान्छे बचाउने काममा केन्द्रित भएको छ। जनताको बीचमा पुग्नुभन्दा अध्यादेशमा जोड दिने सरकारको शैली असंवैधानिक मात्र होइन, जनभावनाविपरीत पनि छ।”
उनले विपक्षी दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै संसद् बोलाउन माग गरेको र त्यसपछि मात्र सरकारले आगामी माघ १८ गतेका लागि संसद् अधिवेशन बोलाएको खुलासा गरे।









