
झापा । झापामा एकै परिवारका तीन जनाको शव फेला परेको छ। कनकाई नगरपालिका वडा नम्बर १ सिर्जना टोलमा सोमबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए।

उनीहरूले आत्महत्या गरेको आशंका छ। यसबारे प्रहरीले विस्तृत अनुसन्धान सुरू गरिसकेको जनाएको छ।

			प्रकाशित मिति : २०७८ भदौ ७ गते सोमबार
		
	
              







