सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा मुख्यमन्त्री कप छनाैटका लागि जिल्ला स्तरिय भलिवल प्रतियाेगिता सञ्चालन हुने भएकाे छ । यहीँ कार्तिक १५ देखि १७ गतेसम्म सञ्चालन हुने जिल्लास्तरिय पुरुष र महिला भलिबल प्रतियाेगितामा सञ्चालन हुन लागेकाे हाे ।
प्रतियाेगिताबारे जिल्ला खेलकुद विकास समिति सुर्खेतमा शुक्रबार पत्रकार सम्मेलन गरेर छनौटको तयारी बारेमा जानकारी गराएको छ । प्रतियोगितामा सुर्खेतका नौ वटै पालिकाका खेलाडीहरुले सहभागीता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा सहभागी भएका मध्येबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी मुख्यमन्त्री कपमा छनौट हुनेछन्। मुख्यमन्त्री कप कर्णाली सरकारको आयोजनामा केही समय पछि संञ्चालन हुँदैछ । प्रतियोगिता संञ्चालन गर्न चारलाख बराबरको खर्च लाग्ने अनुमान गरिएको खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनको लागि कर्णाली खेलकुद परिषदले एक लाख पचाँस हजार सहयोग गरेको छ। अध्यक्ष गिरीले प्रतियोगितामा खेलाडीको खाना, बस्न र यातायातको ब्यवस्था सम्बन्धित पालिकाले गर्ने बताए । उनले सुर्खेतमा यस्ता प्रतियोगिता संचालन गर्ने समितिकाे मनोसाय भएपनि आर्थिक अभावका कारण खेल सञ्चालनमा कठिनाइ भएकाे बताए ।
गतबर्ष प्रतियोगिता संचालन नहुँदा खेलाडीहरुमा निराशा छाएकाे खेल संयोजक मोतिराम रन्तेलले बताए । उनले प्रदेश सरकारले खेलमा सरकारले लगानी गर्न नसक्दा प्रतियोगिता संचालन गर्न समस्या भएको उल्लेख गरे । कर्णालीमा गतबर्ष कोरोना माहामरीको कारण मुख्यमन्त्रीकप सञ्चालन नभएर स्थगित गरिएकाे हाे । त्यसअघि सुर्खेतमा भएको पहिलो मुख्यमन्त्री कपमा सुर्खेत उपविजेता बनेको थियो ।
ए.के. सञ्चार । १३ कार्तिक २०७८, शनिबार ०६:४८