सुर्खेत । अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा बाबियाचौर क्लव विजयी भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबारको खेलमा वीरेन्द्रनगर क्लवलाई ३–२ गोलले पराजित गर्दै बाबियाचाैर क्लव विजयी भएको हो ।
मंगलगढी मैदानमा भएको खेलको दोस्रो हाफको ४३ मिनेटमा धनसिहं वि:कले १ गोल, धनसिंह गुरुङ्ले दोस्रो हाफको ४४ मिलेटमा १ गोल र महेन्द्र वि:कले गरको १ गोल निर्णायक बनेको थियो । प्रतियोगितामा वीरेन्द्रनगर स्पोर्टस क्लवका शिव थापाले पहिलो हाफमा १ गोल गरेका थिए ।
यस्तै आज भएको दोस्रो खेलमा साथिखोर्के र फ्रेण्डशिप क्लव दुबैले बराबर २–२ गोल गरेका छन । यस्तै हिजो भएको दुई खेलमा ए.बि.सि क्लवले ३ गोलको अग्रता ल्याएर ब्वाइज क्लवलाईलाई जितेको छ भने, काक्रेविहार क्लवले ३–१ गोलले गरेको छ । जिवनज्योती क्लवका खेलाडीले पँहेलो कार्ड पाएको प्रशिक्षक रमेश तुलाधरले जानकारी दिएका छन् ।
प्रतियोगिता माघ १० गते सम्म चल्ने जनाइएको छ । जिल्ला स्तरीय फुटबल लिगमा १८ क्लव दर्ता भएकोमा बुधबारसम्म १० क्लवले फुटबल खेलिसकेका छन्, भने ८ क्लवले भने खेल खेल्न बाकी छ ।
यस खेलबाट छटौँ स्थान सम्म आउनेले सिधै लिग चरण खेल्न पाउने भएका छन् । सातौ र आठौँ स्थानमा आउने क्लवले प्रदेश स्तरीय लिग खेल्ने र यसबाट छनौट भएकाले सि डिभिजन लिग खेल्न पाउने प्रशिक्षक रमेश तुलाधरले जनाकारी दिए ।
ए.के. सञ्चार । २८ पुष २०७८, बुधबार १८:३१