कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता संख्या

सुर्खेत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता रहेका छन् ।

निर्वाचन आयोगमा अनुसार सबै भन्दा बढी मतदाता सुर्खेतमा रहेका छन् । सुर्खेतमा दुई लाख ३८ हजार ४५७ जना मतदाता रहेका छन् ।

यस्तै सल्यानमा एक लाख ५७ हजार ७१५, डोल्पामा २२ हजार ४४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७४४, कालीकोटमा ८० हजार ४१६, हुम्लामा ३२ हजार ५८१, जाजरकोटमा एक लाख तीन हजार ८६९, दैलेखमा एक लाख ५८ हजार ४८९, रुकुमपश्चिममा एक लाख चार हजार ४८२ जना मतदाता रहेका छन् ।

यस्तै आयोगका अनुसार कर्णालीमा ९०७ मतदान स्थल र एक हजार ३८५ मतदान केन्द्र रहेका छन् ।