इन्डियन प्रिमियर लिगमा बैंगलोरमाथि राजस्थान रोयल्सको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले छैटौं जित हात पारेको छ । मंगलबार राति पुनेमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थानले छैटौं जित निकालेको हो ।राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १ सय १५ रन बनाएको थियो भने बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाएका थिए ।

साहबाज अहमेदले १७, पाटिदरले १६ रन र राजस्थानका कुलदिप सेनले ४ विकेट लिएका थिए भने रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिएका थिए । जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएर ८ खेलमा १२ अंक जोडेको छ । बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।