काठमाडौं । आज स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।१२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।
१६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।
ए.के. सञ्चार । १५ बैशाख २०७९, बिहीबार ०७:५९