नवौं राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ ।

आगामी जेष्ठ २२ गते देखि २८ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट विभिन्न २८ खेलमा सहभागिता गराउने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषदले तयारी गरिरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

सदस्य सचिव संज्यालका अनुसार अहिले कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरु छनोटको प्रक्रिया चलिरहेको छ । छनोट भएका खेलाडीहरुलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने खेलका खेलाडीहरुको बन्द प्रशिक्षणको लागी भने कर्णाली प्रदेश सरकारले रु १ करोडको बजेट व्यवस्थापन गर्ने भएको छ । विहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र परिषदका सदस्य सचिव विश्वामित्र संज्यालको भेटका क्रममा कर्णाली प्रदेशले सहभागिता जनाउने खेलका खेलाडीहरुको लागी र बन्द प्रशिक्षणको लागी आवाश्यक बजेटको विषयमा पनि छलफल भएको थियो ।

पदक बिजयता खेलाडीहरुलाई प्रदेश सरकारले प्रोस्साहन स्वरुप पुरुस्कृत गर्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक बिजयता खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले प्रोस्साहन स्वरुप पुरुस्कृत गर्ने भएको छ ।

‘विहिवार माननीय मुख्यमन्त्री ज्यूले म सँगको भेटमा कर्णाली प्रदेशका बिजयी खेलाडीहरुलाई प्रोस्साहन स्वरुप पुरुस्कृत गर्नु पर्छ भन्नु भएको हो, ‘सदस्य सचिव संज्याले भने,’ ‘हामी पनि परिषदको तर्पबाट त्यो तयारी गरिरहेका छौ र माननीय मुख्यमन्त्री ज्यू र सामाजिक विकास मन्त्री ज्यू यसमा सकरात्मक हुनुहुन्छ,।’

प्रदेश सरकारले पुरुस्कृत गर्ने बिजयी खेलाडीहरुमा स्वर्ण पदक बिजयतालाई रु दुई लाख, रजत पदक बिजयतालाई १ लाख ५० हजार र कास्य पदक बिजयतालाई रु एक लाख प्रदेश प्रोस्साहन पुरुस्कार दिने भएको हो ।

१० औं राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाको लागी कर्णाली प्रदेशले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक , व्यवस्थापक र पत्रकार गरी कर्णाली ६ सय जनाको सहभागिता रहने छ ।

‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशले गर्ने ठुलो अबसर पाउने भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले खुसि ब्याक्त गरे ।