थारु समुदायको ‘अटवारी’ पर्व आजदेखि सुरु

कैलाली । नेपालको पश्चिमी तराईमा बसोवास गर्ने थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि सुरु भएको छ ।

दुई दिनसम्म मनाउने पर्व कैलाली–कञ्चनपुर लगायत बाँके र बर्दिया जिल्लाहरुमा मुख्य रूपमा आपसी मेलमिलाप, एकता र सुमधुर पारिवारिक सम्बन्धको प्रतीकको रुपमा मनाउने गरिन्छ ।