सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्याे

काठमाण्डाै । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको  भाउ आज ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ  पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज ११ सय ७० रुपैयाँ पुगेको छ ।