काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकि छन् ।
उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विटर’ मार्फत आज बिहीवार बधाई दिएकि हुन् ।
ए.के. सञ्चार । २८ आश्विन २०७८, बिहीबार १७:०८