बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

काठमाडौं : बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त भएका छन्। बुधबार लालिगाअन्तर्गतको खेलमा रायो भालेकानोसँग १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो।

क्लबले हारेपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए।

क्लबले उनलाई आज औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ। जारी सिजनमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। १० खेलमा ४ मा जित, ३ मा बराबरी र ३ मा हार बेहोर्दै बार्सिलोना १५ अंकसहित ९औं स्थानमा रहेको छ।

क्वेक सेटिनलाई प्रतिस्थापन गर्दै कोम्यान सन् २०२० को अगस्टमा बार्सिलोनाको प्रशिक्षक नियुक्र भएका थिए। पहिलो सिजनमा उनले क्लबलाई कोपा डेल रेको उपाधि भने जिताएका थिए।