विमलेन्द्र निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको कार्यवाहक सभापति तोकिएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेसँगै निधि कार्यवाहक सभापति तोकिएका हुन्।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २५ को उपधार १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका हुन्।