सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ। हिजो भने तोलामा सुन १६ सय रुपैयाँले घटेको थियो ।


यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।