कर्णाली सरकारले खेलकुदको विकासका लागी आवश्यक सहयोग गर्ने: मन्त्री बिष्ट

सुर्खेत । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले खेलकुदको विकासका लागी सरकारको तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश खेलकद विकास परिषदले विरेन्द्रनगरमा आयोजित खेलकुद पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले पूर्वाधार विकासले मात्रै खेल क्षेत्र अघि नवढ्ने भन्दै खेलाडी उत्पादनलाई पनि जोडदिनु पर्ने बताए ।

प्रदेश सरकार नयाँ बजेट निर्माणको क्रममा रहेकोले खेलकुदको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समेटिने उनको भनाई छ । संचारकर्मि संगको अन्तरक्रियामा मन्त्री विष्टले खेल क्षेत्रको विकासमा संचारक्षेत्रको पनि भुमिका महत्वपुर्ण रहेको बताएका छन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद गठन पछि महत्वपुर्ण खेलकुद सम्वन्धि महत्वपुर्ण गतिविधि हरु भएगरेको उनको भनाई थियो । परिषद हाल रचनात्मक काममा अघिबढेको छ, मन्त्री विष्टले भने प्रदेश सरकार पनि आवश्यक सहयोग गर्न प्रतिवद्घ कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलकुदको क्षेत्रमा समेत कलम चलाउन सञ्चारकर्मि संग आग्रह गरे ।

अन्तरक्रियामा नेपाल ओलम्पीयन संघका अध्यक्ष एवम् वरिष्ट खेलाडी दिपक विष्टले लामो समयको परिश्रमले खेलकुदमा अव्वलता हासिल हुने भन्दै कर्णालीमा थुप्रै सम्भावना रहेको बताए । खेलकुद मत्रकार मन्च सुर्खेतका अध्यक्ष एवम् पत्रकार भानुभक्त अधिकारीले खेलक्षेत्रलाई एक विधाका रुपमा संचारमाध्ययममा स्थान दिनुपर्नेमा जोड दिए ।

कर्णालीमा खेलविधामा खासै कलम चल्न नसकेको भन्दै अन्य विधा जत्तिकै खेलकुदलाई संचारमाध्ययमले स्थान दिन सके कर्णालीले खेल क्षेत्रमा प्रगति गर्न सक्ने उनको भनाई थियो ।