इन्धनको मूल्य फेरि बढ्याे, पेट्रोल लिटरको १५५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।  बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ बढाएको हाे ।

जसअनुसार हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो मिटर अमेरिकी डलर २ सय वृद्धि भएको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल/मट्टितेल प्रतिलिटर १ सय ३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब ४ अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ ।