सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल

काठमाडौं । सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ । पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका हुन । चुनावी तालमेतअनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ ।

माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन् । कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् । माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए । नगरपालिकाको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा २, ४, ५ र ७ नम्बर वडा एकीकृत समाजवादीको भागमा परेको छ ।